ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि पकेट क्षेत्रका किसानलाई प्रविधि हस्तान्तरण

२०७७ बैशाख, ३०  
कर्णाली प्रदेश
NA
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा अघि बढाइएका कृषि पकेट क्षेत्रमा उपयुक्त प्रविधि वितरण शुरू गरेको छ । किसानको उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले अनुदानमा प्रविधि वितरण गरेको हो ।

प्रदेशका १० ओटै जिल्लामा आवश्यकता अनुसार कृषिसम्बन्धी उपकरण वितरण गर्न शुरू गरिएको निर्देशनालयले बताएको छ । समूहमार्फत व्यावसायिक रूपमा खेती गर्दै आएका कृषकका लागि निर्देशनालयको ५० प्रतिशत र बाँकी कृषि समूहको रकमबाट प्रविधि खरीद गरी वितरण गरिएको हो ।

निर्देशनालयका अनुसार भेरीगंगा नगरपालिका–४, हर्रेमा रहेको कालिका तरकारी पकेट, गुर्भाकोट नगरपालिका– मेहलकुनास्थित गंगामाला तरकारी ब्लक, वडा नं.९ चिसापानीस्थित माझखण्ड तरकारी पकेट, वडा नं ५ थग्लेनीस्थित प्रगतिशील तरकारी पकेट समितिलाई हाते ट्र्याक्टर, प्लाष्टिक टनेल, स्प्रे, हजारी, पाइप, पानी ट्यांकी, बीउबिजन सहयोग गरिएको छ । निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोग र किसानको ५० प्रतिशत लागत गरी करीब ९० लाख रुपैयाँ बराबरको उपयुक्त प्रविधि हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशमा कोरोनाको महामारीले रोगभन्दा छिटो भोकमरी आउन सक्ने बताइन् । अब हरेक युवा कृषिमा व्यावसायिक हुनुपर्ने उनको भनाइ थियो । मन्त्री केसीले कृषि पेशालाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउनु पर्नेमा जोड दिइन् ।

कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सघाउन आफूहरूले सहजीकरण गरिरहेको र उत्पादनले बजार पाउँदैन कि भन्ने चिन्ता नगर्न पनि उनले आग्रह गरिन् । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले प्रदेशका १० ओटै कृषि विकास कार्यालयमार्फत कृषकलाई कृषि सामग्रीमा अनुदान तथा सहुलियत प्रदान गरिरहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्