ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

४.६१ अंकले बढेको नेप्से १३५०.५८ विन्दुमा (१ बजेको अपडेट)

२०७६ फागुन, १  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १, काठमाडौं । बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ४ दशमलव ६१ अंकले बढेर १ हजार ३५० दशमलव ५८ विन्दुमा पुगेको छ । १ हजार ३४६ दशमलव ४५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत बढेको हो । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । दोस्रो घण्टाको कारोबारमा १६७ ओटा कम्पनीकोे रू. ७७ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ३४५ मा कारोबार भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्