ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बर्दियामा किट अभाव

२०७७ बैशाख, ३०  
प्रदेश ०५
NA

राजापुर । बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण प्रभावित भएको हो । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ  इक्विपमेन्ट (पीपीई), थर्मल गन, सर्जिकल मास्क, पञ्जा  र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले बताएको छ । सूचना अधिकारी चौधरीले आरडीटी विधिबाट परीक्षण गरिएका २ हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७  गरी कुल ३ हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्