ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भैरहवा भन्सारबाट रू. ११ करोडको औषधि आयात

२०७७ बैशाख, ३०  
प्रदेश ०५
NA

भैरहवा । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय, रूपन्देहीबाट रू. ११ करोड १६ लाख ६० हजार ४१३  बराबरको औषधिजन्य सामग्री आयात भएको छ । भारतबाट आयात गरिएका औषधिजन्य सामग्रीमा तयारी अवस्थाको औषधि र औषधिको कच्चा पदार्थ रहेको भैरहवा भन्सार कार्यालय रूपन्देहीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए ।

उक्त कार्यालयका  अनुसार गत  चैत ११ गतेपछि बन्दाबन्दीको ४६ दिनमा ६० लाख ७ हजार ८२७ किलोग्राम बराबरको औषधिजन्य सामग्री आयात भएको छ । बन्दाबन्दीपछि ज्वरो आउँदा प्रयोगमा ल्याइने सिटामोलदेखि लाइफ सेभिङ ड्रग आयात भएका छन् । तिनमा आयुर्वेदिक औषधि, सर्जिकलका सामग्री, आँखाका औषधि, स्लाइन, प्रेसर, एन्टिबायोटिक इन्जेक्सन रहेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी पूर्ण लम्सालले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मा सो भन्सार कार्यालयबाट औषधिजन्य रू.२ अर्ब २७ करोड ६१ लाख ८४ हजार ८११  बराबरको सामग्री आयात भएको थियो । सो अवधिमा भारतबाट भैरहवा भन्सार कार्यालय हुँदै  एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलुप्याज, तरकारी तथा फलफूल र अन्य गरी ७ हजार ५२१ मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छन् । बन्दाबन्दीको ४६ दिनका अवधिमा रू. ७ करोड ६८ लाख ५३ हजार मूल्य बराबरको सरसफाइमा प्रयोग हुने सामग्री ४७३ मेट्रिकटन  भारतबाट नेपाल आयात भएको भन्सार कार्यालयको अभिलेखले बताउँछ । तरकारी तथा फलफूल रू ८९ करोड ६९ लाख १ हजार  बराबरको २८ हजार ८५ मेट्रिकटन सामान बोकेर कन्टेनर बन्दाबन्दी समयमा भैरहवा भन्सार कार्यालय हुँदै नेपाल प्रवेश गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्