ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ह्वाट्सएपका प्रयोगकर्ता संख्या २ अर्ब भन्दा बढी      

२०७६ फागुन, १  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १, सान फ्रान्सिस्को ।   फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधवार बताएको छ ।

मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।     
     
फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा नि : शुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ ।     
     
२ अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुंगा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सएपको ब्लगपोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढंगबाट सुरक्षित गरिने र कसैले सहजै भंग गर्न नसक्ने परिस्थिति निर्माण गरिने बताएको छ ।     
     
अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।     
     
गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया ‘इन्क्रिप्सन’ योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् ।     
     
ह्वाट्सएपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने बताएका छन् । रासस / एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्