ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा अटो विक्री १८ % ले घटेको अनुमान

२०७६ फागुन, १  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १, पेचिङ (चीन) । गत महीना चीनमा अटोको विक्री घटेको हुन सक्ने अनुमान गरिएको छ । 
बिहीवार त्यहाँको सबैभन्दा ठूलो अटो उद्योगहरूको संगठनले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

चाइना एशोसियशन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम)का अनुसार गत वर्षको सोही अवधिको तुलनामा जनवरीमा अटोे विक्री प्रतिशतले घट्ने अपेक्षा छ । विगत १८ महीनायता चीनमा अटोका विक्री लगातार घटेको थियो । 

स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधनको विक्री समेत सो अवधिमा घटेको अनुमान गरिएको छ । 

नयाँ उत्सर्जन मापदण्ड, अर्थतन्त्रमा आइरहेको सुस्ती र अमेरिकासँगको व्यापार तनावका कारण सन् २०१८ मा त्यहाँ सवारी साधनको विक्री ८ दशमलव २ प्रतिशतले घटेको थियो । 

यस वर्ष अटो विक्री २ प्रतिशतले खुम्चने सीएएएमको अनुमान छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्