ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ७० करोडभन्दा बढी, चुक्तापूँजी ८४ % ले बढ्यो 

२०७७ बैशाख, ३०  
लगानी
NA
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षभन्दा ४४ दशमलव ३६ प्रतिशत बढी खुद नाफा गरेको छ । जनता बैंकलाई मर्ज गरेको उक्त कम्पनीले मंगलवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष रू. २ अर्ब ७० करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

कम्पनीको यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ अर्ब ८७ करोड २१ लाखभन्दा बढी थियो । यस वर्ष सञ्चालन नाफा रू. ३ अर्ब ७९ करोड ५२ लाखभन्दा बढी भएको छ ।

 गत वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा ३१८ प्रतिशतले बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९० करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियो । 

जनतालाई मर्ज गरेपछि व्यवसाय अझ मजबुत हुदै गएको उक्त कम्पनीको भनाइ छ । यस वर्ष कम्पनीको खुद व्याज आम्दानी गत वर्षभन्दा ६२ दशमलव ७८ प्रतिशत बढी भएको छ । 
गत वर्ष यस अवधिसम्म रू. ३ अर्ब ६८ करोड ७९ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको उक्त कम्पनीले यो वर्ष सोहि अवधिसम्म रू. ६ अर्ब ३३ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको छ । 

यस वर्ष ८४ प्रतिशतले चुक्तापूँजी वृद्धि भइ रू. १८ अर्ब ९७ करोड ५८ लाख २९ हजार पुगेको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी चुक्तापूँजी उक्त कम्पनीले कायम गरेको छ ।
 जगेडाकोष रकम गत वर्षभन्दा १७२ प्रतिशत वृद्धि भई रू. ९ अर्ब १४ करोड ६ लाख १३ हजार कायम भएको छ ।
 

यस अवधिसम्म कम्पनीको शेयरधनीहरुलाई वितरण गर्न सक्ने वितरणयोग्य नाफा भने रू. ५७ करोड ९५ लाख ५ हजार छ । 

गत वर्ष शून्य दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १ दशमलव १४ प्रतिशत पुगेको छ । निक्षेप संकलन गत वर्षभन्दा ६७ दशमलव ८७ प्रतिशत बढी गरेको उक्त कम्पनीले कर्जा प्रवाह ७९ प्रतिशत बढी गरेको छ । 

यस वर्ष उक्त कम्पनीले रू. २ खर्ब १ अर्ब ५९ करोड ६९ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ६५ छ । यस अवधिसम्म कम्पनीले २० दशमलव शून्य ७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्