ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घट्यो भारतको बासमति चामल निर्यात

२०७६ फागुन, १  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँ दिल्ली (भारत) । भारतको बासमति चामल निर्यात घटेको छ । भुक्तानी समस्याले गर्दा इरानतर्फ निर्यात प्रभावित भएपछि समग्र निर्यातमा असर देखिएको हो । चालु आर्थिक वर्षको पहिलो नौं महीनामा भारतबाट २ अर्ब ९७ करोड ७५ लाख डलर मूल्यको बासमति चामल निर्यात भएको छ । निर्यातको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ८६ प्रतिशत कम हो । 

सन् २०१९ को अप्रिल–डिसेम्बर अवधिमा भने भारतले ३ अर्ब ६ करोड ५१ लाख डलरको बासमति चामल निर्यात गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण भुक्तानी समस्या उत्पन्न भएको छ । यसले गर्दा त्यहाँ भारतीय बासमति चामल निर्यात घटेको छ । इरान बासमति चामलको प्रमुख आयातकर्ता हो । 

समीक्षा अवधिमा गैर–बासमति चामलको निर्यात पनि साढे ३६ प्रतिशतले घटेको छ । डिसेम्बर सम्मको नौ महीनामा भारतबाट १ अर्ब ४५ करोड २८ लाख डलर मूल्यको गैर–बासमति चामल निर्यात भएको छ । गत वर्षको यही अवधिमा भने २ अर्ब २८ करोड ९६ लाख डलर बराबरको गैर–बासमति चामल निर्यात भएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्