ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पार्टस् अभावको संघारमा भारत : छिटै बन्द हुँदै हातेफोन उत्पादन

२०७६ फागुन, १  
अन्तरराष्ट्रिय
Image Not Found


नयाँ दिल्ली (भारत) । भारतमा चाँडै नै स्मार्टफोनको उत्पादन बन्द हुने स्थिति छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि त्यहाँका कम्पोनेन्ट निर्माता कारखानामा बिदा बढाइएको छ । यसले गर्दा त्यहाँबाट हुने पार्टस्को आयात प्रभावित भएको छ । खुद्रा विक्रेताकहाँ स्मार्टफोनको सञ्चिति पनि घट्दै गइरहेको छ । चीनबाट आपूर्ति भएन भने आगामी हप्तादेखि उत्पादन नै पूर्ण रुपमा बन्द हुन चिन्ता कम्पनीहरुले गर्न थालेका छन् । 

जनवरी–मार्च त्रैमासमा भारतको स्मार्टफोन विक्री १० देखि १५ प्रतिशतले घट्ने विज्ञहरुको अपेक्षा छ । अप्रिल–देखि जुन त्रैमासमा यसमा अझ ठूलो कमी आउने र नयाँ प्रडक्ट लञ्चमा पनि चारदेखि पाँच हप्ता ढिलाइ हुने बताइएको छ । ‘चीनमा कारखाना बन्द लम्बिएपछि हाम्रो आपूर्ति शृङ्खलामा प्रभाव पर्ने देखिएको छ,’ साओमीका प्रवक्ताले भने । कम्पनीले कम्पोनेन्ट र कच्चा पदार्थका लागि वैकल्पिक आपूर्ति च्यानल खोज्ने काम गरिरहेको छ  । तर तत्कालै आपूर्ति न्यून रहेकोले कम्पोनेन्टको मूल्य बढ्न सक्ने अवस्था छ । 

उद्योगमा विस्तारै स्टक सकिदैं गइरहेको र नयाँ आपूर्ति भएन भने यही सप्ताहन्तदेखि गम्भीर अवरोध हुने इन्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एशोसिएशन (आईसीईए)का अध्यक्ष पंकज मोहिन्द्रोले बताएका छन् । केही ब्याट्री र केही क्यामरा मोड्यूल भियतनामबाट आएपनि धेरैजसो डिस्प्ले र कनेक्टर चाँहि चीनबाटै आउने गरेको छ । ताइवानमा बन्ने चिप पनि चीन पुगेर मात्रै भारत आउँछन् । फिचर फोनमा प्रयोग हुने प्रिन्टेड सर्किट बोर्ड (पीसीबी) कम्पोनेन्ट चीनबाट आउने भएकोले यसको विक्रीमा ठूलै असर पर्ने देखिएको छ । 

खुद्रा विक्रेताकहाँ आइफोन ११ र ११ प्रोको स्टक घटिरहेको छ । केही स्टोरमा यो चाँडै नै सिधिने छ । आपूर्ति अभाव भारत भर देखिएको छ । कोरोना भाइरसको महामारी बढेसँगै चीनमा केही कारखानाहरुले मात्रै काम सुचारु गर्ने अनुमति पाएका छन् । ताइवानी कम्पनी फक्सकोनले फेबु्रअरीको अन्त्यसम्ममा आधा कारखाना खोल्ने अपेक्षा गरिएको छ । एप्पलले अहिलेसम्म यसबारे केही पनि बताएको छैन । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्