ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निजगढ विमानस्थलको शिलान्यास कहिले, मन्त्रीज्यू ? 

२०७६ फागुन, २  
पाठक विचार
NA

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि भनेका थिए, ‘मंसिरसम्ममा निजगढ विमानस्थलको शिलान्यास हुन्छ ।’ लाखौं मान्छे उतारेर शिलान्यास गर्ने उनको उद्घोष थियो । माघ महीना बितिसक्यो तर उद्घाटनको सुरसार केही छैन । मन्त्री बन्नेबित्तिकै छुमन्तर गरेर काम गर्न सक्छु भन्ने रोग धेरैमा पाइन्छ । भट्टराईले पनि त्यसै गरेका थिए । तर उनको त्यो भनाइ अहिले कता गयो त ? उनले अन्तरराष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्ने पनि बताएका थिए । विमानस्थलका लागि प्रस्तावित १९ सय हेक्टर जमीनमा पर्ने रूखहरूको संख्या किटान गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न भनिए पनि अझै प्रक्रिया अघि बढाएको छैन । 

ज्युरिख विमानस्थलले निजगढ निर्माणमा चासो देखाएको थियो । तर, अझै प्रक्रिया अगाडि बढेको पाइन्न । नेपालभित्र विमानस्थललाई लिएर आन्तरिक समस्या देखिएकाले उसले थप प्रतिक्रिया नदिएको हुन सक्छ । यसको निर्माणको मोडालिटीमा पनि ठोस निर्णय बनिसकेको छैन ।

यी तथ्यलाई मनन गर्दा पर्यटनमन्त्रीले जोशमा ठूलो हाँक दिए पनि त्यसलाई मूर्त रूप दिन सकेको देखिन्न, अर्थात् काम गर्न नसक्ने तर ठूला ठूला गफ दिएर ताली खाने बानी उनमा पनि रहेको देखियो । वास्तविक नेता तत्कालको तालीमा रमाउँदैन, परिणाममुखी काम गर्दछ । मुखले हल्ला गर्ने हैन, कामले नै देखाउने हो । आवाजभन्दा कामले ठूलो स्वर निकाल्छ भनिन्छ । तर नेपालका नेताहरू जनतालाई मूर्ख ठान्दा रहेछन् । जे पनि पनि पत्याउँछन् भन्ने सोच रहेछ भन्ने यसले देखाउँछ । मन्त्रीज्यू, यस्तो हावादारी भाषण नगर्नुहोस्, बरु मौन रहेर काममा ध्यान दिनुहोस् । राम्रो काम गर्नुभयो भने तपाईंले ठूला कुरा गर्नै पर्दैन ।

हरि अधिकारी
कलंकी, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्