ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि अनुदानको दुरुपयोग 

२०७६ फागुन, २  
पाठक विचार
NA


सरकारले अनुदानमार्फत कृषि उत्पादन वृद्धि गर्न वार्षिक रूपमा ठूलो रकम खर्च गर्दै आएको छ । तर यस्तो अनुदान वितरणमा टाठाबाठाको पहुँच बढी छ । सामान्य किसानले अनुदान पाएका छैनन्, पहुँचवालाहरूले नक्कली कागजात पेश गरेर अनुदान लिएका छन् । 

यही भएर कृषकलाई प्रदान गरेको अर्बौं रुपैयाँ अनुदान बालुवामा पानी भइरहेको छ । सरकारले दिएको अनुदानले कृिष क्षेत्रमा खासै उपलब्धि ल्याउन सकेको देखिन्न । यस्तो लगानीको नतीजा कस्तो आइरहेको छ भन्ने विषयमा नियमन र अध्ययन पनि भएको पाइँदैन । मन्त्रालयले ८ वर्षमा करीब ६३ अर्ब रुपैयाँ कृषि अनुदान दिएको देखिन्छ । तर त्यसको विवरण भने पाइन्न । यति ठूलो लगानीको प्रतिफल ज्यादै न्यून रहेको देखिनुले दुरुपयोग भएको संकेत गर्छ । 

सरकारले अनुदानमार्फत कृषकलाई आकर्षित गर्न खोजे पनि यसका भएका कमी कमजोरीलाई समीक्षा गर्दै सच्याउने काम भने खासै गरेको पाइन्न । अनुदानमार्फत पशु पालन, मत्स्यपालन, तरकारी खेती प्रवद्र्धन, आलु, प्याजको आन्तरिक उत्पादन बढाउने भनिए पनि सबै क्षेत्रमा उत्पादनको वृद्धि लगानी अनुरूप नभएकाले आयात गर्नुपर्ने बाध्यता छ । 

कृषि अनुदानका लागि विदेशी सहायता पनि आउने गरेको छ । तर यस्तो सहयोग अनुदान कहाँ जान्छ ? कसरी वितरण भइरहेको छ ? भन्ने विषयमा पर्याप्त अनुगमन र अध्ययन पनि भएको देखिन्न । त्यसैले हरेक आर्थिक वर्षमा कृषि अनुदान छुट्याएर बाँडेर बजेट सक्ने काम मात्र भइरहेको छ । यस्तो विकृति रोक्न आवश्यक छ । कृषि अनुदान रकम दुरुपयोग भइरहेको विषयमा सरकारले थाहा नपाएको पक्कै होइन होला । तर लोकप्रिय बन्नकै लागि पनि यसलाई निरन्तरता दिने गरिएको छ । 

दिनेश महर्जन
नयाँ बजार, काठमाडौं

प्रतिक्रिया [1]
User Image

Upasana Gurung

[Feb 14, 2020 12:55am]

Kina hunx k sabai thauma yasto ali hune khane jaanne bujhneko hat ma matra hunx parx j kura pani


प्रतिक्रिया दिनुहोस्