ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकको कडाइले समस्या

२०७६ फागुन, २  
पाठक विचार
NA


नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा हुने कारोबारमा कडाइ गरेको छ ।  फेसबुक, ट्वीटर, युट्युब जस्ता समाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट विदेशमा भुक्तानी लैजाने र ल्याउने कार्य गैरकानुनी भएको छ । तर यसले नेपाललाई घाटा पनि हुन सक्छ । नेपालीहरूले यी माध्यमबाट खर्च मात्रै गरेका छैनन्, आय पनि गरेका छन् । बैंकिङ च्यानलबाट हुने कारोबार भने सञ्चालन गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । तर, सामान्य नेपालीले डलर खाता खोल्न नपाइने हुनाले त्यस्तो आय कसरी प्राप्त गर्ने भन्ने समस्या बढेको छ ।

अहिलेको समय अनलाइनको । थोरै मुद्रा तिरेर धेरै फाइदा लिन सकिने अवस्था इन्टरनेटले सृजना गरेको छ । तर राष्ट्र बैंकले यसमा कडाइ गर्दा त्यो अवसर गुम्ने खतरा पैदा भएको छ । अहिले पनि विदेशमा भएका साथीभाइलाई भनेर केही डलर तिरी विभिन्न अनलाइन काम गर्ने व्यक्तिहरू छन् । यसले रोजगारी दिएको छ । कुनै अवैध धन्दा पनि यो होइन । त्यस्तो कामलाई प्रोत्साहन गर्न कुनै विकल्प निकाल्नु आवश्यक छ । त्यस्तै केही अनलाइन सेवाका लागि डलर तिर्न मिल्नेगरी वैकल्पिक व्यवस्था गरिदिनु पनि आवश्यक छ । 

विनोद खड्का
मन्डिखाटार, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्