ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इकोनोमिक्स ओलम्पियडको राष्ट्रिय प्रतिस्पर्धा आजदेखि

२०७६ फागुन, २  
बजार
NA


काठमाडौं (अस) । नेपाल इकोनोमिक्स ओलम्पियड (एनईओ) २०२० को राष्ट्रिय प्रतिस्पर्धा शुक्रवार (आज) देखि शुरू हुने भएको छ । युवा अर्थशास्त्रीहरूको संस्था योङ इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गर्ने प्रतिस्पर्धाले अर्थशास्त्र, वित्त र व्यावसायमा प्रतिभाशाली विद्यार्थीको खोजी गर्ने बताइएको छ ।

उत्कृष्ट ५ प्रतिस्पर्धीले आगामी जुलाई २१–३० सम्म कजाकिस्तानको नुर सुल्तानमा हुने ‘इन्टरनेश्नल इकोनोमिक्स ओलम्पियड (आईईओ) २०२०’ का लागि नेपालको प्रतिनिधित्व गर्नेछन् । इन्टरनेशनल इकोनोमिक्स ओलम्पीयड २०१९ मा दीपशिखा श्रेष्ठले नेपालका लागि कांस्य पदक जितेकी थिइन् । सन् २०२० को इन्टरनेशनल ओलम्पियडमा स्वर्ण पदक जित्ने लक्ष्यसहित योङ इकोनोमिस्ट सोसाइटी नेपालले ‘नेपाल ओलम्पियड २०२०’ आयोजना गरिरहेको सोसाइटीका अध्यक्ष अभिषेक पाण्डेले बताए ।  

ओलम्पियड २०२० का लागि क्षेत्रीय छनौट कार्यक्रम काठमाडौं, इटहरी, वीरगञ्ज, भारतपुर, बुटवल र पोखरामा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा २५० जना सहभागी थिए । राष्ट्रिय प्रतिस्पर्धाका लागि ६० जना विद्यार्थी छनौट भएका छन् । युलेन्स स्कुल काठमाडौंमा हुने ३ दिने राष्ट्रिय छनौट प्रतिस्पर्धाकै क्रममा तालीम, मन्तव्य, अनुभव साटासाट, अन्तरक्रिया लगायत कार्यक्रम गरिनेछ । इन्टरनेशनल इकोनोमिक्स ओलम्पियडले नियुक्त गरेको संस्था योङ इकोनोमिस्ट सोसाइटी नेपाल हो । यसले वार्षिक रूपमा नेपाल इकोनोमिक्स ओलम्पियड कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्