ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाल्पा महोत्सव शुरू

२०७६ फागुन, २  
बजार
NA


काठमाडौं (अस) । ‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ मूल नारासहित पाल्पा महोत्सव शुरू भएको छ । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीवार महोत्सवको उद्घाटन गरे । 

२७५ ओटा भन्दा बढी स्टल रहेको महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, पाल्पाली करुवा र ढाकाजस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बर अफ कमर्शका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । 

स्थानीय संस्कृति, घाटु नाच, ठूलो नाच, सोरठी, करुवा, ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे गीत लगायतको संरक्षण महोत्सवको प्राथमिकतामा रहेको पोखरेलको भनाइ छ । १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्