ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

इन्टरनेट दिवसमा चेतनामूलक कार्यक्रम 

२०७६ फागुन, २  
बजार
NA


ललितपुर (अस) । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको संस्था चाइल्डसेफनेटले ‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ ‘सुरक्षित इन्टरनेट दिवस – २०२०’ कार्यक्रम गरेको छ । पाटन दरबार क्षेत्रमा संस्थाले सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले प्रविधिको सकारात्मक सदुपयोगतर्फ सरकारी तथा निजीक्षेत्रले बेलैमा सजगता अपनाउनुपर्ने बताए । चाइल्डसेफनेटले इन्टरनेट वाच फाउन्डेशनसँग यसका लागि सहकार्य शुरू गरेको उनले जानकारी गराए । 

कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोले यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो कार्यरत रहेको बताए । त्यस्तै, सिबिन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी यौन दुव्र्यवहार एवं शोषण लगायत घटनाको रिपोर्ट गर्न सकिने जानकारी दिए । चाइल्डसेफनेटसँगको सहकार्यका देशका अन्य स्थानका पनि विभिन्न कार्यक्रम भएका थिए । सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका १५० बढी देशमा आयोजना गरिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्