ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी तयारी : वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

२०७६ फागुन, २  
बजार
NA
author avatar अभियान संवाददाता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  विराटनगरका पुराना उद्योगी किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत २८ गते हुने महासंघको अधिवेशनका लागि उनले उम्मेदवारी घोषणा गरेको बताएका छन् । 

वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उनले बिहीवार विराटनगरको बिग होटलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरू पशुपति मुरारका, कुशकुमार जोशीसहित विभिन्न २९ उद्योग वाणिज्य संघका अध्यक्षहरूले प्रधानलाई सर्मथन गरेका छन् । पत्रकार सम्मेलनमा २९ उद्योग वाणिज्य संघका अध्यक्षहरूले उम्मेदवार प्रधानलाई सर्मथन गरेको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । 

उद्योग वाणिज्य महासंघलाई व्यक्तिको नभएर विधिको शासनमा सञ्चालन गर्नका लागि वरिष्ठ उपाध्यक्षमा प्रधानलाई सर्मथन गरेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उद्योग संगठन मोरङको पूर्वअध्यक्ष सुशील धनावतले स्वतन्त्र उम्मेदवारका रूपमा प्रधानलाई जिताएर महासंघलाई तानाशाही प्रवृत्तिबाट मुक्त गरिनुपर्ने जिकिर गरे । 

वरिष्ठ उपाध्यक्षका लागि यसअघि आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाललाई पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालको समूहले समर्थन गरेको छ । विराटनगर महानगरपालिका–१० तीन टोलीया घर भएका प्रधान २०५१ सालमा उद्योग संगठन मोरङको अध्यक्ष बनेका थिए । प्रधान उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । तर उनलाईपछि उपाध्यक्ष पदमा मनोनीत गरिएको थियो ।

उद्योग वाणिज्य महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्