ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नुवाकोटका जनप्रतिनिधि  भारत भ्रमणमा

२०७६ फागुन, २  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि भारतीय राजदूतावासको संयोजनमा नुवाकोटका २१ जना जनप्रतिनिधिहरू साताव्यापी भ्रमणका लागि भारत पुगेका छन् । गत सोमवार भ्रमणमा निस्किएका उनीहरू शुक्रवार (आज) स्वदेश फर्किने कार्यक्रम छ । नेपालमा भूकम्पपश्चात्को पुनर्निर्माणमा भारत सरकारको सहयोगस्वरूप उनीहरूलाई युनाईटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिस (यूएनओपीएस)ले भ्रमण गराएको हो । भ्रमणमा २ ओटा नगरपालिकाका मेयर÷उपमेयर, ८ ओटा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी सहभागी रहेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

भ्रमणका क्रममा उनीहरूले भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानमा रहेका शेक टेबल टेस्टिङ फेसिलिटी, स्ट्रक्चरल इन्जिनीयरिङ ल्याब, फायर ल्याब, टेक्नोलोजी डेमोन्स्ट्रेशन ल्याब र रुरल पार्कको अवलोकन गरेका छन् । यस्तै उनीहरूले इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याच) मा भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापना कार्यबारे जानकारी लिएका छन् । नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रूप दिन यूएनओपीएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्