ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ओक्सेम्बर्गको आउटलेट सिभिल मलमा

२०७६ फागुन, २  
बजार
Image Not Found


काठमाडौं (अस) । भारतीय कम्पनी सियाराम समूहको ओक्सेम्बर्ग ब्रान्डको आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको छ । सो आउटलेटको उद्घाटन बिहीवार नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गरे । यसअघि ललितपुरको कुमारीपाटी, लबिम मल तथा विराटनगरमा सञ्चालनमा रहेको उक्त ब्रान्डको नयाँ आउटलेट सिभिल मलमा सञ्चालनमा ल्याइएको हो ।

नयाँ आउटलेटलाई नयाँ ढंगले सञ्चालन गर्ने उद्देश्यअनुरूप उक्त ब्रान्डका सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी कपडाहरू प्रदर्शनीमा राखिएका छन् । औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसेररिज तथा जिन्ससमेत आउटलेटमा उपलब्ध छन् । ओक्सेम्बर्गले नेपालमा आफ्नो सेवा विस्तार गर्न नेपालका विभिन्न शहरमा व्यापार सञ्जाल भएको हिमालयन भाइब्स समूहसँग सहकार्य गरेको सियाराम सिल्कमिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष ईपी ड्यानियलले बताए । 

उनका अनुसार स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकका लागि ब्रान्ड उपयोगी हुनेछ । पुरुषका लागि कपडाको क्षेत्रमा अत्याधिक रुचाइएको ओक्सेम्बर्गले विश्वभरका १ हजार ५०० शहरमा आफ्नो २ हजार ५०० एमबीओ, १२० ईबीओ र एलएफआरको सञ्जाल विस्तार गरेको दाबी गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्