ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खाद्य व्यवस्था कम्पनीद्वारा बर्दियामा गहुँ खरीद गर्ने कार्य स्थगित

२०७७ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

वैशाख ३०, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्दिया जिल्लाको राजापुरबाट गहुँ खरीद गर्ने कार्य स्थगित गरेको छ ।

 बर्दियाको राजापुर नगरपालिका  –५ मा ११ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएपछि उक्त कम्पनीले गहुँ खरीद गर्ने कार्य केहि दिनकालागि स्थगित गरेको हो ।

कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदिका अनुसार संक्रमण देखिएपछि केहि दिनका लागि गहुँ खरीद गर्ने कार्य स्थगित गरिएको हो । अब फेरी कहिलेदेखि सुचारु गर्ने भन्नेबारेमा निश्चित नभइसकेको उनले बताइन् । 

यस अघि नेपालगन्जमा लगाइएको कर्फयुका कारण सुचारु हुन नसकेको गहुँ खरीद कार्य पनि मंगलवारबाट शुरु गर्न लागिएको उनले जानकारी दिइन् ।गहुँ खरीदको कार्य स्थगित गरिएको भएपनि कम्पनिले राजापुर आधुनिक चामल कारखानामार्फत चामल उत्पादनको काम सुचारुनै राख्ने चामल कारखानाका प्रमुख रेवन्त रावलले जानकारी दिए । 

कम्पनीले राजापुरबाट १ हजार टन गहुँ खरीद गर्ने लक्ष्य लिएकोमा हाल सम्म करीब २ हजार ४०० क्विन्टल खरीद गरिसकेको छ ।चामल उत्पादनका लागि श्रमिकहरु उद्योगभित्रै बस्ने भएकाले उत्पादनमा समस्यानभएको उनले बताए । 

‘अब स्थानीय प्रशासन र नगरपालिकाको समन्वयपछि कहिलेबाट पुन : गहुँ खरीद गर्ने भन्ने बारेमा टुंगो लाग्ने छ,’ उनले भने ।

खाद्य कम्पनिले यस वर्ष कुल २ लाख ११ हजार क्विन्टल धान खरीद गरेर चामल उत्पादन गर्न शुरु गरि सकेको छ जसमध्ये राजापुरमा ४८ हजार क्विन्टल धान खरीद गरिएकोमा हालसम्म १ हजार २०० क्विन्टल चामल उत्पादन भइसकेको छ ।
 

प्रतिक्रिया [1]
User Image

rebanta rawal

[May 12, 2020 11:36am]

हाल लाई त्यहि हो सर ।धन्यबाद ।


प्रतिक्रिया दिनुहोस्