ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेरुडे लघुवित्तको नाफा ३७ प्रतिशत घट्यो

२०७७ बैशाख, ३०  
लगानी
Image Not Found

वैशाख ३०, काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्थाको नाफा ३७ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा रू. ७ करोड ९७ लाख नाफा गरेकोमा चालू आवको तेस्रो त्रैमासमा रू. ४ करोड ९६ लाखमा सीमित भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएको नाफा घटेको हो । 

तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब २२ करोड निक्षेप र रू. २ अर्ब ५६ करोड सापटी लिएर रू. ५ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 

चुक्तापूँजी रू. ४५ करोड ७२ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३८ करोड ८१ लाख सञ्चित गरेको छ । निष्क्रिय कर्जा पनि गत आवको तेस्रो त्रैमासमाभन्दा चालू आवको तेस्रो त्रैमासमा वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा १ दशमलव ६८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर २ दशमलव ९० प्रतिशत पुगेको हो । 

प्रतिशेयर आम्दानी (वार्षिकीकरण) रू. १४ दशमलव ४८, मूल्य आम्दानी अनुपात ४५ दशमलव ६६, तरलता अनुपात १० दशमलव ६७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८४ दशमलव ८८ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्