ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैलेखमा सुन्तला उत्पादन घट्दो

२०७६ फागुन, २  
प्रदेश ०६
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । दैलेखलाई सुन्तला उत्पादनको उपयुक्त क्षेत्र मानिए पनि उत्पादन भने वर्षेनि घट्दै गएको छ । जिल्लामा सुन्तलाखेती क्षेत्र बढाउँदै लगिए पनि उत्पादन भने गत वर्षभन्दा १० प्रतिशत घटेको छ । यो वर्ष जिल्लाका कुल १ हजार ४९२ हेक्टरमा ४ हजार ६६३ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षभन्दा ५३७ मेट्रिक टनले कमी हो । गतवर्ष १ हजार ४५३ हेक्टरमा ५ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

यस वर्ष जिल्लाका ‘सुन्तला जोन’ कार्यक्रम लागू भएका दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा समेत उत्पादन घटेको छ । सुन्तला जोन क्षेत्रमा उत्पादनमा गत वर्षभन्दा २ सय ७७ मेट्रिले कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ दुल्लुले जानकारी दिएको छ । यस वर्ष जिल्लाका ८०८ हेक्टर क्षेत्रफलमा सुन्तला नफलेपछि उत्पादनमा ह्रास आएको परियोजनाले बताएको छ । 

गत वर्षभन्दा ३३ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिए पनि उत्पादनमा भने कमी आएको परियोजना प्रमुख राजु भुजले बताए । गतवर्ष सुन्तला जेनको ६४० हेक्टरमा खेती गरिएको थियो । उत्पादनमा ह्रास आएपछि यस क्षेत्रका कृषक चिन्तित बनेको उनले बताए । ‘सुन्तलाको बोट सुक्ने, पातमा पहेँलो र हरियो रेसा देखिने, कलिलो मुनाको टुप्पा ओइलाउने र मर्ने लगायत रोगले फल नलागेको हो,’ उनले भने, ‘कृषकमा सुन्तलाखेती सम्बन्धी ज्ञान शीपको कमी तथा सिँचाइको अभाव, प्रतिकूल मौसम, फूल फुल्न समयमा असिनापानीले क्षति पु¥याएकाले उत्पादनमा कमी आएको हो ।’ 

कर्णाली प्रदेशमा छुट्टै पहिचान बनाएको दैलेखको सुन्तलाको माग अत्यधिक रहेको कृषकको भनाइ छ । उत्पादित ४५ प्रतिशत सुन्तला जिल्लाभित्र खपत हुन्छ भने बाँकी वीरेन्द्रनगर, नेपालगञ्ज लगायत शहरसम्म निकासी हुने गरेको छ । अहिले जिल्लामा वार्षिक रू. ५ करोडको सुन्तला उत्पादन हुँदै आएको परियोजनाले बताएको छ । किसानलाई आवश्यक तालीम दिई आगामी वर्षहरूमा सुन्तलाखेती विस्तार गर्ने परियोजनाको लक्ष्य छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्