ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विकासोन्मुख बन्दै द्वन्द्वप्रभावित गाउँ ‘जेलबाङ’

२०७६ फागुन, २  
प्रदेश ०६
Image Not Found
author avatar माधवकुमार ओली

रोल्पा । दशवर्षे सशस्त्र द्वन्द्वको समयमा सबैभन्दा बढी प्रभावित रोल्पाको जेलबाङ गाउँ विस्तारै विकासोन्मुख बन्न थालेको छ । सुनछहरी गाउँपालिका–७, मा पर्ने जेलबाङ गाउँपालिकामा अहिले सडक, खानेपानी, स्वास्थ्य संस्थालगायत भौतिक पूर्वाधार निर्माण भएका छन् । 

शान्ति प्रक्रिया शुरू भएसँगै शान्ति गाउँ निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिले यो गाउँलाई प्राथमिकतामा राखेको थियो । जेलबाङ सुलिचौरबाट सडक सञ्जालसँग जोडिएको छ भने गाउँकै नैबाङखोलाबाट १०४ किलोवाटको लघुजलविद्युत् उत्पादन भई गाउँ झिलिमिली भएको छ । 

गोर्खा वेलफेयर स्किमको सहयोगमा ६५० बढी घरमा निजी धारा जडान भएको छ । यस्तै जेलबाङमा प्लस टुसम्मको पढाइ सञ्चालन भएको छ भने स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नियमित बस्न थालेका छन् । तर, भौतिक पूर्वाधारको विकासले मात्र नभई यहाँका जनताको जीवनस्तर माथि उठाउनुपर्ने स्थानीयको माग छ । द्वन्द्वले थलिएको गाउँ अहिले केही मात्रामा भौतिक विकास भए पनि स्थानीयको आर्थिक स्थिति सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने स्थानीय चन्द्रबहादुर बुढाले बताए । 

सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले विगतमा राज्यको स्रोतसाधन र अनुदानबाट टाढा रहेको यो गाउँ अहिले राज्यको स्रोतसाधनसँग जोडिनु नै मुख्य उपलब्धि भएको बताए । ‘लामो समयसम्म राज्यको अनुदानबाट वञ्चित गाउँमा अहिले यहाँका स्थानीयले आपैm छलफल गरी योजना निर्माण गर्न पाएका छन्,’ उनले भने, ‘स्थानीयलाई विभिन्न शीपमूलक तालीम दिई व्यवसायमा लगाउने र शिक्षामा छात्रवृत्ति दिने नीति स्थानीय सरकारले लिएको छ ।’

द्वन्द्वका क्रममा जेलबाङ गाउँबाट मात्रै ७३ जनाले ज्यान गुमाउनु परेको थियो भने विकास निर्माणका काम पूर्णरूपमा ठप्प भएको थियो । भौगोलिक विकटता, जनचेतनामा कमी, निर्र्वाहमुखी खेतीप्रणालीलगायत यहाँका मुख्य चुनौती हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्