ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२ करोड ५१ लाख खराब कर्जा उठाउन सफल स्वरोजगार लघुवित्त

२०७७ बैशाख, ३०  
लगानी
Image Not Found

वैशाख ३०, काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था रू. २ करोड ५१ लाख खराब कर्जा उठाउन सफल भएको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५७ लाख १७ हजार खराब कर्जा उठाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले खराब कर्जा संकलनमा वृद्धि भएकाले नाफा ३८ प्रतिशतले वृद्धि भएको छ । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड २३ लाख नाफा कमाएकोमा चालू आवको तेस्रो त्रैमासमा वृद्धि भएर रू. ५ करोड ८७ लाख पुगेको हो । 

तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.१ अर्ब ६७ करोड निक्षेप संकलन र रू. १ अर्ब ३५ करोड सापटी लिएर रू. ३ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ । चुक्तापूँजी रू. ३४ करोड १६ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १० करोड ३० लाख सञ्चित गरेको छ । 

प्रतिशेयर आम्दानी रू. २२ दशमलव ९४ (वार्षिक) मूल्य आम्दानी अनुपात ३३ दशमलव ७४ टाइम्स, तरलता अनुपात ७ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव १७ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्