ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत हुँदै        

२०७७ बैशाख, ३०  
समाचार
NA

वैशाख ३०, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रवार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
  
 नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ ।     
     
 त्यसैगरी अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम्र कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने बताइएको छ । 

आगामी आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक आयव्ययको विवरण (बजेट) पनि नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर सरकारले तयार गरिरहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्