ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

समृद्धि फाइनान्सको नाफामा २९०% वृद्धि

२०७७ बैशाख, ३०  
लगानी
Image Not Found

वैशाख ३०, काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा समृद्धि फाइनान्सको नाफा २९० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. २ करोड ४८ लाख नाफा कमाएको हो । 

यो नाफा गत आवको तेस्रो त्रैमासमा रू. ६३ लाख ७३ हजार थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ९८ लाख छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १९ करोड २ लाख निक्षेप संकलन गरेको छ भने रू. १३ लाख ९५ हजार कर्जा प्रवाह गरेको हो । 

प्रतिशेयर आम्दानी रू.१८ दशमलव २२ (वार्षिक), मूल्य आम्दानी अनुपात ५ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. ६८ दशमलव १२ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्