ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध, बारा / पर्सामा निषेधाज्ञा जारी

२०७७ बैशाख, ३०  
समाचार
NA
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । मुलुकका विभिन्न  जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेपछि  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय  गरेको छ  ।

गृहले  मंगलवार यस अघि जारी भएका सवै पास रद्द गर्दै अन्तरजिल्ला आवागमनमा रोक लगाएको हो । तर उपत्यकाका तीन जिल्लामा भने यो नियम लागू नहुने गृह मन्त्रालयले बताएको छ । गृहको निर्णय अनुसार उपत्यकामा सर्वसाधारण तथा सरकारी कर्मचारीलाई पनि पास अनिवार्य गरिएको छ ।

 यसैवीच कोरोनाका संक्रमित बढेपछि बारा तथा पर्सा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको  हाम्रा प्रतिनिधि ओमप्रकाश खनालले बताएका छन् । दुवै  जिल्लाका प्रशासन कार्यालयले मंगलवार सूचनामार्फत निषेधाज्ञा जारी गरेको हो । 

मंगलवारमात्रै पर्सामा ३९ जना र बारामा १ जनामा कारोना संक्रमण पूष्टि भएपछि निषेधाज्ञा लगाइएको हो । बारा र पर्सा छिमेकी जिल्ला हुन् । पर्सामा अहिलेसम्म ६३ र बारामा ३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
 
पर्सा र बारामा बढ्दै गएको कोरना भाइरस संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखी विपद् व्यवस्थापन समितिको बैठकले निषधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले  बताए । 

अत्यावश्यक कामबाहेक कोही पनि व्यक्ति घरबाहिर निस्किन रोक लगाइएको छ । अत्यावश्यकीय सेवाबाहेक सबै प्रकारको आवागमनमा बन्देज लगाइएको छ । अहिलेसम्म जारी भएका हस्तलिखित र इपास समेत खारेज गरिएको प्रशासनले बताएको छ । 

उद्योग प्रतिष्ठान, बैंक, कार्यालय, ठूला परियोजना र अन्य संस्था सञ्चालन गर्दा स्थानीय कर्मचारीलाई मात्र काममा लगाउने व्यवस्था मिलाउनुपर्ने छ । उद्योग चलाउँदा कामदारका लागि आवासीय व्यवस्था मिलाउनुपर्ने र आवासीय सुविधा दिन नसकिने भएमा सञ्चालन नगर्न भनिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्