ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘३ लाखले अवलोकन गर्छन्’

२०७६ फागुन, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
NA

विराट एक्स्पो २०२० का मुख्य आयोजक समितिका संयोजक भोलेश्वर दुलाल पीएलओ ब्राण्डको लुब्रिकेन्ट उद्योगका सञ्चालक पनि हुन् । सफल उद्योगीको पहिचान बनाएर उद्योग संगठन मोरङका सदस्य समेत रहेका दुलालस“ग एक्स्पोको आयोजनाको सेरोफेरोमा आर्थिक अभियानले गरेको कुराकानी :

विराट एक्स्पो २०२० को आयोजना किन र केका लागि ?
संसारभरि उद्योगीले उत्पादन गरेका वस्तु वा सेवा उपभोक्तासम्म सोझै पुगोस् भन्ने उद्देश्यले एक्स्पोको आयोजना गरिन्छ ।
विराट एक्सपो पनि त्यसैको निरन्तरता हो, जसमा उद्योगीले आफ्ना सामानको गुणस्तरका बारेमा सोझै उपभोक्तालाई एकै ठाउँबाट भन्न पाउँछन् ।

करीब ३ वर्षपछि एक्स्पो आयोजना गरिएको छ । यो लामो अन्तर किन ?
विराटनरमा स्थायी प्रदर्शनीस्थल छैन । एउटा एक्स्पो आयोजना गर्न स्टल निर्माण लगायत स्थानकै लागि १ करोडभन्दा बढी खर्च लाग्छ ।
त्यसैले एकपटक कसैले एक्स्पो आयोजना ग¥यो भने तत्कालै दोस्रो वर्ष सोच्नुपर्ने अवस्था छ । सरकारले स्थायी रूपमा प्रदर्शनी स्थल निर्माण गरिदिए हामीलाई प्रत्येक वर्ष एक्स्पो आयोजना गर्न खासै समस्या हुँदैन ।

यसपालिको एक्स्पोमा नयाँ के छ ?
नेपालमै पहिलो पटक डोममा हामीले ३४० ओटा स्टल बनाएर विक्री गरेका छौं । डोमभित्र यति धेरै स्टल बनाएर नेपालमा अन्य ठाउँमा एक्स्पो आयोजना गरिएको छैन । साथै फरक फरक उत्पादनको छुट्टाछुट्टै प्याभिलियन बनाएका छौं । अटो, बैंक, कृषि, सबैलाई छुट्टाछुट्टै प्याभिलियनमा राखेका छौं ।

सन् २०१० मा विराटनगरमा आयोजना भएको विराट एक्स्पो पछि तपाईंले विराटचोकमा पनि विराट एक्स्पो नै नाम दिएर प्रदर्शनी थाल्नु भएको थियो नि, किन ?
विराट चोकमा कोशीहरैंचा उद्योग वाणिज्य संघले आयोजना गर्छ भने विराटनगरमा उद्योग संगठनले आयोजना गर्छ ।
दुवैमा मेरो संलग्नता रहन्छ ।

एक्स्पोले स्थिर रहेको बजारलाई चलायमान बनाउला त ?
पक्कै बनाउँछ । चाडबाडका बेला बजारहरू आफै चलायमान हुन्छन् । तर अहिलेको जस्तो स्थिर अवस्थामा बजारलाई चलायमान बनाउने एक्स्पोहरूले नै हो । यस एक्स्पोमा १ अर्बको कारोबार हुने लक्ष्य लिइएको छ ।

यो एक्स्पोबाट प्रदेश १ ले के लाभ लिन सक्ला ?
यसले स्थिर रहेको केही पूँजीलाई बजारमा त ल्याउने नै भयो । त्यसमा पनि नेपाल भ्रमण वर्ष २०२० लाई समेत सघाउ पुर्‍याउनेछ । विराटनगरसँग जोडिएका भारतका विभिन्न गाउ“ र शहरबाट यो एक्स्पो अवलोकन गर्न आउने भएकाले नेपाल भ्रमण वर्षलाई टेवा पुग्ने अपेक्षा गरेका छौं । 

कति उपभोक्ताले अवलोकन गर्ने अपेक्षा राखिएको छ ?
हामीले ३ लाख उपभोक्ताले यसपटक एक्स्पो अवलोकन गर्ने अपेक्षा राखेका छौं ।

विशेषगरी प्रविधि र उत्पादनको ज्ञान दिने हो । उद्योगी र उपभोक्ताबीच सेतुको काम भने उत्पादन विक्रीले समेत गर्ने भएकाले यहाका स्टलहरूले १० देखि ५० प्रतिशतसम्म छूटमा आफ्नो उत्पादन विक्री गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्