ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : सन् २०१८ मा ढुवानी सेवाको विश्व आयात ११ खर्ब ७१ अर्ब डलरको 

नेपाल ढुवानी सेवाको केन्द्र बन्ने सम्भाव्यता

२०७६ फागुन, २  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । विश्वमा ढुवानी पनि एक महत्त्वपूर्ण निर्यात सेवाको रूपमा देखा परेको छ । आईटीसी ट्रेडम्यापका अनुसार विगत ५ वर्षको तथ्यांक हेर्दा ढुवानी सेवा व्यापारको विश्व आयातमा उल्लेख्य वृद्धि भएको पाइन्छ । सन् २०१८ मा ११ खर्ब ७१ अर्ब अमेरिकी डलर सहित सो वृद्धि उच्च स्तरमा पुगेको पाइन्छ । नेपाल जस्तो भूपरिवेष्टित देश, जहाँ वस्तु निर्यात पारवहन खर्चका कारण महँगो हुँदै गइरहेको सन्दर्भमा ढुवानी सेवा नेपालको निर्यात व्यापारमा लागि उपयुक्त विकल्प हुन सक्छ । यस अवस्थामा ढुवानी सेवा व्यापार निर्यातलाई निर्यात प्रवद्र्धनको मूलप्रवाहमा ल्याई तदनुकूल संस्थागत, संरचनागत र पूर्वाधारगत व्यवस्था गर्नु आवश्यक देखिन्छ । भारत र चीनको व्यापारका लागि नेपाललाई पारवहन मार्गको रूपमा विकास गर्न सक्ने हो भने ढुवानी सेवाको निर्यात नेपालका लागि वरदान सावित हुन सक्ने ठूलो सम्भावना छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्