ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

२०७७ बैशाख, ३०  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

वैशाख ३०, धनकुटा । धनकुटा इस्टिच्युट अफ हेल्थ साइन्स धनकुटाले मंगलवार धनकुटा नगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । 

नगरपालिकालाई चामल, दाल, नुन, तेल र साबुन लगायतका सामग्री हेल्थ साइन्सका प्रमुख रामनारायण रामाले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई हस्तान्तरण गरेका हुन् । 

हेल्थ साइन्सका सबै कर्मचारीको २ दिनको तलब कटाएर जम्मा भएको रू. ६४ हजार ५०० रकमबाट खरीद गरिएको बोरामा २५ केजी रहेको ३५ बोरा मन्सुली चामल, ७० केजी दाल, ३५ केजी नुन र ३५ ओटा साबुन हस्तान्तरण गरेको हो । 

खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै हेल्थ साइन्सका प्रमुख रामाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सबैको सहयोग आवस्यक रहेको बताउँदै सरकारले लागू गरेको एकद्वार प्रणालीबाट राहत वितरण गर्न नगरपालिकालाई सानो सहयोग गरेको बताए । 

खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरपालिकाका प्रमुख तामाङले धनकुटा नगरपालिकाले पहिलो चरणमा २ हजार ५०० परिवारलाई राहत वितरण गरेको अब दोस्रो चरणमा राहत वितरण गर्नुपर्ने भएकाले नगरपालिकामा आर्थिक अभाव समस्या भइरहेका बेला हेल्थ साइन्सबाट प्राप्त स्वास्थ्य सामग्रीले ठूलो सहयोग पुगेको बताए । 

यस्तै हेल्थ साइन्सले धनकुटाको श्रीपञ्चमी पार्कमा रहेको बाल आश्रमका ११ जना बालबालिकालाई रू. ५ हजार बराबरको खाजा सहयोग गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्