ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रावा बैंकको प्रस्ताव अस्वीकृत

२०७७ बैशाख, ३१  
१० वर्ष अघि
NA

अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको पुनर्पुंजीकरण गर्ने प्रस्तावलाई असम्भव भएको भन्दै अस्वीकार गरेको छ । तर उसले नेपाल बैंकको पुनर्पुंजीकरणको प्रस्तावलाई भने स्वीकृति दिएको छ । मन्त्रालयले वाणिज्य बैंकको व्यवस्थापन समूहले सरकारले १० अर्ब रुपैयाँ सहयोग गरे बैंकको पुँजीकोष धनात्मक हुने र केही वर्षमा त्यो रुपैयाँ सरकारलाई फिर्ता गर्न सक्ने प्रस्ताव अर्थ मन्त्रालयसमक्ष पेस गरेको थियो । तर, अर्थ मन्त्रालये बैंकको प्रस्ताव अस्वाभाविक भएको भन्दै अस्वीकार गरेको जानकारी स्रोतले दियो । गत असार मसान्तसम्म पुँजीकोष १४ अर्ब २३ करोड ९ लाख ऋणात्मक रहेको सो बैंकको समग्र अवस्था सुधार गर्नका लागि कम्तीमा १६ अर्ब रुपैयाँ आवश्यक पर्ने ठहर गरी बैंकको प्रस्ताव अस्वीकार गरिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । तर, उसले सोझो भाषामा पुनर्पुंजीकरणको प्रस्ताव अस्वीकार नगरेको र नेपाल बैंकको पुनर्पुंजीकरणको अवस्थालाई हेरेपछि मात्र राष्ट्रिय वाणिज्य बैंकको पुनर्पुंजीकरणको प्रक्रिया सुरु गरिने जवाफ दिएको बताइएको छ ।

उसले गत साता राष्ट्र बैंकलाई समेत सोही आशयको पत्र पठाई नेपाल बैंकको पुनर्पुंजीकरणको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

‘नेपाल बैंकको पुनर्पुंजीकरण गर्न नै एक वर्ष जति लाग्छ त्यसको परिणाम हेरेर मात्र वाणिज्य बैंकको पुनर्पुंजीकरणको प्रक्रिया सुरु गर्नु भनको सोझो अर्थमा वाणिज्य बैंकको पुनर्पुंजीकरण हुँदैन भन्नु हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्