ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि बैंकको खाता अब भाइबरबाट पनि

२०७७ बैशाख, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । फेसबुकको म्यासेन्जरबाटै बैंक खाता खोल्ने योजना सञ्चालन गरिरहेको एनएमबि बैंकले अब भाइबरबाट पनि यस्तो सेवा उपलब्ध गराउन थालेको छ । लकडाउनका कारण घरमै बस्न बाध्य आम नेपालीका लागि बैंकले घरमै बसेर खाता खोल्न सकिने नयाँ योजना ल्याएको हो ।

योजनाअनुसार भाइबरबाट च्याट गरी विभिन्न प्रकारको खाता खोल्न सकिने छ । वर्तमान प्रतिकुल परिस्थितिमा अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताका साथ ग्राहकका लागि अनुपम सुविधा तथा छरितो वित्तीय सुविधाहरू पस्किएको बैंकले बताएको छ ।

मंगलवार बैंकले जारी गरेको विज्ञप्तिअनुसार डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गरिएको छ । घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ बैंक उन्मुख रहेको बताइएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्