ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया बैंकले कमायो रू. ३ अर्व ६० करोड

२०७७ बैशाख, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले रू. ३ अर्व ६० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले बृद्धि गरी उक्त मुनाफा आर्जन गरेको हो ।

यसैगरी वार्षिक विन्दुगत आधारमा १० प्रतिशतले बृद्धि गरी रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रू. २ अर्ब २८ करोड थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ बैंकले रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पुर्‍याएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका क्षेत्र साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको बताएको छ । कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा लगानी गरेको बैंकको भनाइ छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्