ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी : शुक्रवारसम्म मृत्यु हुनेको संख्या १ हजार ४००

२०७६ फागुन, २  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन २, पेचिङ (चीन) । चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित भई ज्यान गुमाउनेको संख्या करीब १ हजार ४०० पुगेको शुक्रवार प्राप्त एक समाचारमा जानकारी दिइएको छ ।

शुक्रवारसम्म चीनमा उक्त भाइरसबाट मर्नेको संख्या १ हजार ४०० पुगेपछि अमेरिकाले पेचिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ । पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल संक्रमण भइ उपचार गराइरहेका बिरामीको संख्या झन्डै ६५ हजार पुगेको छ । 

यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जानकारी दिएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका बिरामीमध्ये करीब ८० प्रतिशत हुपेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । 

उता विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए  । (रासस/एएफपी)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्