ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमईको नयाँ शाखा दिक्तेलमा

२०७६ फागुन, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २, काठमाडौं । ग्लोबल आइएमई बैंकले खोटाङ जिल्लाको दिक्तेलमा शुक्रवारदेखि नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।  

शाखाको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् । 

समुद्घाटन कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेलमा रुपाकोट मझुवागढीलगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । 

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तरराष्ट्रिय स्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २७० ओटा शाखा, २५६ ओटा एटिएम, ३७ ओटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढि ग्राहकहरुमा सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्