ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहारा विकास बैंकको नाफा २५ प्रतिशतभन्दा बढी 

२०७६ फागुन, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २, काठमाडौं । सहारा विकास बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ४५ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिसम्म रू. १ करोड १५ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा करीब २६ प्रतिशत बढी भएको हो । 

फागुन २ गते दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको चुक्तापूँजी रू. १६ करोड ३३ लाख ६६ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा ३२ प्रतिशत बढी रू. ७ करोड ७५ लाख कायम भएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. ५ करोड ८७ लाख रहेको थियो । 

निक्षेप संकलन यस वर्ष गत वर्षभन्दा १३ प्रतिशत बढी रू. ७८ करोड २ लाख र कर्जा प्रवाह गत वर्षभन्दा करीब १८ प्रतिशत बढी रू. ६९ करोड ९२ लाख ५५ हजार भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६४ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ६५ छ । यस अवधिसम्म कम्पनीले ३७ दशमलव १० प्रतिशत तरलता कायम गरेको छ । 

गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा कम गरेको छ । गत वर्ष १ दशमलव ३६ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम गरेको हो । गत वर्ष १३ दशमलव २३ प्रतिशत आधार ब्याजदर रहेको कम्पनीको यस वर्ष १३ दशमलव शून्य ९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्