ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो फिक्कल महोत्सव फागुन ९ गतेदेखि शुरु

२०७६ फागुन, २  
प्रदेश बागमती
Image Not Found

फागुन २, काठमाडौं । नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा दोस्रो फिक्कल महोत्सव हुने भएको छ । 

गाउँपालिकाको क्षेत्रमा रहेका धार्मिक एवम् सांस्कृतिक पर्यटकीय क्षेत्रको जानकारी गराई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न थालिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । 

महोत्सवमा पदयात्रा, जलयात्रा गराउनुका साथै सगरमाथालगायत देशका अग्ला हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ । महोत्सवमा प्याराग्लाइडिङ, र्‍याफटिङको साथै कृषि तथा पशुपालनसँग सम्बन्धित स्थानीय उत्पादनको प्रदर्शनी र मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीसमेत गरिने भएको छ । 

महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिको प्रर्दशन, सुनुवार र मगर जातिको झाँक्री तथा नृत्य प्रदर्शनसमेत हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने महोत्सवमा १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया [2]
User Image

नरहरि आचार्य

[Feb 16, 2020 11:46am]

सन्तोष पाण्डेजी,सुझाव र प्रतिक्रियाका लागि धन्यवाद । –सम्पादक


User Image

सन्तोष पाण्डे

[Feb 14, 2020 02:02pm]

यो मम पतरकार नसुध्रिने खालकै रहेछ पाठकले अब बुझ्नु पर्‍यो । यो कस्तो भाषा लेखेको होला "महोत्सवमा पदयात्रा, जलयात्रा गराउनुका साथै सगरमाथालगायत देशका अग्ला हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ ।" र्‍याफिटङ कुन नयाँ खेल रहेछ ..?


प्रतिक्रिया दिनुहोस्