ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सातामा १०.९० अंकले उक्लियो नेप्से परिसूचक, कारोबार रकम भने ९ % ले कम

२०७६ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । गत साता नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक १० दशमलव ९० अंक बढेको हो । गत साताको बजारमा कारोबार रकम भने घटेको छ ।

गत साता मात्रै रू.६ अर्ब ७० करोडभन्दा बढीको कारोबार भएको छ । गत साता नेप्से परिसूचक १ हजार ३४४ दशमलव ५९ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो साताको बिहीवार परिसूचक १ हजार ३३३ दशमलव ६९ विन्दुमा बन्द भएको थियो । 

गत साताको बजारलाई हेर्दा आइतवारको तुलनामा नेप्से परिसूचक २४ दशमलव ६० अंक बढेको छ ।गत साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ हजार ३१९ दशमलव ९९ विन्दुमा रहेको थियो । 

गत साता पाँच दिन कारोबार भएको बजारमा २ दिन घटेको छ भने बाँकी ३ दिन बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ । कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् । 

कम्पनीहरुले नाफामूलक वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सो कम्पनीको शेयरमूल्यमा लगानीकर्ताहरुको आकर्षणमा रहेको देखिन्छ । साथै पछिल्लो समय पूँजीबजार विस्तार तथा सुधारका कार्यहरुले गति लिएपश्चात् भने लगानीकर्ताहरुको मनोबल बढेको छ ।

गत साता नेपाल स्टक एक्सचेन्जमा ६ कम्पनीको कुल २ करोड ३२ लाख २५ हजार १७५ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

 सूचीकृत हुनेमा महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० दशमलव ९८, कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८, मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बोनस शेयर रहेको छ भने सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ दशमलव ८५ कित्ता बोनस शेयर रहेको छ । यस्तै हिमालयन डिस्टिलरीको १९ लाख २८ हजार २२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
 
साताको कारोबार

५ दिन कारोबार भएको बजारमा नेप्से परिसूचक दुई दिन घटेको छ भने बाँकी तीन कारोबार दिन बढेर बन्द भएको छ । पहिलो कारोबार दिन १३ दशमलव ७० अंकले झरेको बजार दोस्रो र तेस्रो कारोबार दिन भने बढेर बन्द भएको थियो । 

साताको अन्तिम कारोबार दिन भने परिसूचक घटेर बन्द भएको हो । यस साता समग्र बजारको कारोबार सकारात्मक रहेको देखिन्छ ।
 

सातामा भएको शेयर कारोबार

गत साता मात्रै १ करोड ६६ लाख ३६ हजार ५८२ कित्ता शेयरको खरीदविक्री हुँदा रू.६ अर्ब ७० करोड ७५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । 
 

अघिल्लो साताको तुलनामा गत सातामा कारोबार रकम ९ दशमलव २६ प्रतिशत घटेको हो । 
 

अघिल्लो सातामा पाँच दिन कारोबार भएको बजारमा ७ अर्ब ३९ करोड १७ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्