ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकी औद्योगिक उत्पादन घट्यो

२०७६ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, वाशिङटन डिसी (अमेरिका) । अमेरिकाको औद्योगिक उत्पादन घटेको छ । अत्यधिक गर्मी र घरेलु विमान निर्माता कम्पनी बोइङको उत्पादनमा आएको कमीका कारण औद्योगिक उत्पादन प्रभावित भएको हो । 

त्यहाँको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले शुक्रवार बताएअनुसार सन् २०१९ को जनवरी महीनामा औद्योगिक उत्पादन शून्य दशमलव ३ प्रतिशतले घटेको हो । फेडका अनुसार गत महीना म्यानुफ्याक्चरिङ उत्पादन पनि शून्य दशमलव १ प्रतिशतले घटेको छ । 

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले भने जनवरीमा औद्योगिक उत्पादन शून्य दशमलव २ प्रतिशत र म्यानुफ्याक्चरिङ उत्पादन शून्य दशमलव १ प्रतिशतले घट्ने बताएका थिए ।
 

बोइङले ग्राउन्डेड रहेको ७३७ म्याक्स विमानको उत्पादन बन्द गरेपछि समीक्षा अवधिमा विमान तथा विविध यातायातका उपकरणको उत्पादन ७ दशमलव ४ प्रतिशतले घटेको छ । 
फेडका अनुसार जनवरीमा यूटिलिटी प्रडक्शन र खनिज उत्खननमा पनि कमी आएको छ । एजेन्सी


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्