ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जर्मन उत्सर्जन घोटाला : निष्कर्ष बिनै टुंगियो राफसाफ सम्झौता

२०७६ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, वुल्फ्सवर्ग (जर्मनी) । जर्मन अटो निर्माता कम्पनी फक्सवागनले उत्सर्जन घोटाला राफसाफ गर्न उपभोक्ता समूहसँग गर्न खोजेको सम्झौता असफल भएको छ । 

डिजेल इञ्जिनबाट चल्ने सवारी साधनमा कम उत्सर्जन देखाउने उपकरण जडानसम्बन्धी घोटालामा जर्मनीमा खेपिरहेको सामूहिक मुद्दा राफसाफ गर्न कम्पनीले उपभोक्ता समूह भीजेडबीभीलाई ८३ करोड यूरो दिने भएको थियो । तर समूहका वकिलहरुले मागेको असंगत शुल्कका कारण सम्झौता बीचमै टुटेको फक्सवागनको भनाइ छ । 

कम्पनीले पारदर्शिता नदेखाउनु, नगद भुक्तानीमा उसलाई विश्वास गर्न नसकिएको र हरेक उपभोक्तालाई नगद भुक्तानी दिने सुरक्षित प्रणाली देखाउन नसक्नु नै सम्झौता असफल हुनुको प्रमुख कारक रहेको भीजेडबीभीले बताएको छ । 

सन् २०१५ मा कम्पनीले विश्वभर विक्री भएका १ करोड १० लाख सवारी साधनमा कम उत्सर्जन देखाउने उपकरण जडान गरेको स्वीकार गरेयता कम्पनीले विभिन्न मुद्दा खेपिरहेको छ । 
जर्मन उपभोक्ता समूहले हालेको यो मुद्दा सो मामिलामा कम्पनीमाथि दायर सबैभन्दा ठूला मध्ये एक हो । 

यस मामिलामा अमेरिकी उपभोक्ताहरुको सवारी साधन कम्पनीले आफैले किनेको थियो अनि कतिपयलाई क्षतिपूर्ति पनि दिएको थियो । तर जर्मनीमा भने अहिलेसम्म घोटाला प्रभावितलाई क्षतिपूर्ति मिलेको छैन । 

भीजेडबीभी अन्तर्गत करीब ४ लाख कार धनीहरुले कम्पनीमाथि मुद्दा हालेका छन् । यसबाहेक पनि करीब ७० हजारले फक्सवागनमाथिछुट्टाछुट्टै मुद्दा दायर गरेका छन् । 
अहिलेसम्म ५५ हजार मुद्दाको राफसाफ वा फैसला भइसकेको छ । 

उत्सर्जन घोटालाको मामिलामा विश्वभर कानूनी झमेला, जरिवाना र क्षतिपूर्तिबापत कम्पनीले ३० अर्ब डलरभन्दा धेरै खर्चिसकेको छ । यो मध्ये अधिकांश रकम उसले अमेरिकामा खर्चिएको छ ।

 जर्मनीमा भने फक्सवागन र उसका सहायक कम्पनीहरु आउडी र पोर्शले कुल २ अर्ब ३० करोड  यूरो मात्रै तिरेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्