ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दक्षिण सुडानले घटायो राज्यको संख्या 

२०७६ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, जुबा (दक्षिण सुडान) । दक्षिण सुडानले राज्यको संख्या घटाएको छ । राज्यको संख्या ३२ बाट घटाएर १० मा ल्याइएको शनिवार त्यहाँका राष्ट्रपति साल्भा किरले बताएका हुन् । 

योसँगै शान्ति सम्झौता छाएको गतिहिनता फुकेको छ भने बहुप्रतिक्षित सरकारी गठबन्धनको बाटो समेत खुलेको छ । ‘आज हामीले गरेको सम्झौता पीडादायी छ तर शान्ति ल्याउँछ भने यसो गर्नु आवश्यक पनि छ,’ एक विज्ञप्तिमा किरले भनेका छन् ।

 यसका लागि प्रतिपक्षी दलहरु पनि तयार रहने अपेक्षा उनले गरेका छन् । राज्यको संख्याबारे समाधान निकाल्न क्षेत्रीय समूह आईजीएडीले सरकारलाई शनिवारसम्मको समय दिएको थियो । 

राज्यको संख्या र विभिन्न सशस्त्र समूहको समायोजनका विषयलाई लिएर किर र पूर्व विद्रोही नेता रिक मचार बीच मतभेद चुलिएपछि शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको थियो । 

अब पार्टीहरु समक्ष गठबन्धन सरकार गठन गर्ने बाटो खुलेको विश्लेषकहरुले बताएका छन् । सुडानबाट छुट्टिएर सन् २०११ मा छुट्टै राज्य बनेदेखि नै दक्षिण सुडान गृह युद्धमा धकेलिएको थियो । 

सन् २०१८ मा किर र मचारले शान्ति सम्झौतामा सहमति गरेका थिए । सम्झौता अन्तर्गत दुईबीच सन् २०१९ को नोभेम्बरभित्र एकीकृत सरकार  गठन गर्ने सहमति भएको थियो । तर दुई नेताबीच मतभेदका कारण सरकार गठन अलपत्र पर्‍यो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्