ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सीएमबीबारे मिति विवाद

२०७७ जेठ, १  
१० वर्ष अघि
NA

क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स (सीएमबी) ले झुटो विवरण दिएपछि उसलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल स्टक एक्सचेन्जकै उच्च अधिकारीहरूबीच तीव्र विवाद भएको छ । यसै कारण हिजो आइतबार सो कम्पनीको कारोबार रोक्का गरिएको थियो । विवादका कारण कम्पनीमाथि थप कारबाही गर्ने कि नगर्ने भन्नेबारेमा कुनै निर्णय हुन सकेन । आज सोमबार त्यसबारेमा थप निर्णय हुन सक्ने जानकारी स्टक एक्सचेन्जका अधिकारीहरूले दिएका छन् ।

कम्पनीले पुसको अन्तिम साता पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी १ः१.५ हकप्रद सेयर दिने र त्यसका लागि आवेदन दिने अन्तिम मिति माघ २८ गतेसम्म रहेको बताएको थियो । तर स्टक एक्सचेन्जमा पठाएको पत्रमा भने माघ ८ गतेसम्म हकप्रद सेयरका लागि निवेदन दिने मिति उल्लेख गरेको थियो । स्टकले आफूलाई कम्पनीले पठाएको सूचनाकै आधारमा बुक क्लोज गरेपछि लगानीकर्ताहरूले कम्पनीले पत्रिकामा जारी गरेको सूचनाको आधारमा आपत्ति जनाएका थिए । त्यसपछि छानबिन गर्दा कम्पनीले नियतवश नै स्टक एक्सचेन्जलाई झुक्याउन खोजेको भन्दै उपमहाप्रबन्धक विजय गुरूङ लगायतका व्यक्तिहरूले प्रक्रिया अगाडि बढाएपछि कामु नायब महाप्रबन्धक प्रमोद भट्टराईले सानो गल्तीमा कारबाही गर्न नहुने भन्दै आपत्ति जनाएका थिए । महाप्रबन्धक शंकरमान सिंह कार्यालयमा नभएको बेला भएको सो विवाद अहिलेलाई एकदिनको लागि कारोबार रोक्ने र पछि थप निर्णय गर्ने गरी टुंग्याइएको थियो । सो फाइनान्सका प्रबन्धक हरि सुवेदीले भने स्टक एक्सचेन्जले कम्पनीलाई कारबाही गरेको बारेमा आफूलाई जानकारी नभएको बताए ।

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्