ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यक्तिगत स्वार्थका लागि संविधान संशोधन

२०७७ जेठ, २  
१० वर्ष अघि
NA

डेढवर्ष अघि संविधानविपरीत हिन्दी भाषामा शपथ लिएका कारण सर्वोच्चको आदेशपश्चात् निष्क्रिय अवस्थामा रहेका उपराष्ट्रपति परमानन्द झालाई नै सक्रिय बनाउन अन्तरिम संविधानमा संशोधन गरिएको छ । संशोधनपछि अब राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले आफनो मातृभाषामा शपथ लिन पाउने संवैधानिक व्यवस्था भएको छ । बिहीवार राति अबेर नेपालको अन्तरिम संविधानमा सातौंपटक संशोधन गरी झालाई नै सो पदमा सक्रिय बनाउन व्यवस्थापिका संसद्का दुई तिहाइ सभासद अग्रसर हुनुले मुुलुकको संविधानलाई जसरी चलाए पनि वा व्याख्या गरे पनि हुने अवस्था विद्यमान रहेको देखाएको छ । संविधान सबैका लागि समान हुनुपर्छ जथाभावी यसको संशोधन गरिनुहुँदैन भन्दै संशोधनको विपक्षमा उभिने सभासदहरू अल्पमतमा परेका छन् । हाल ५९९ जना सभासदमात्र भएको व्यवस्थापिका संसदमा सो दिन ५०३ जना उपस्थित रहेको र त्यसमध्ये ४९९ जनाले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्नेहरूमा नेपाल मजदुर किसान पार्टीका लीला न्याइच्याइँ, सुनील प्रजापति र नवराज कोइराला तथा चुरेभावर पार्टीका केशवप्रसाद मैनाली मात्र थिए ।

यो संशोधनपश्चात् यदि कुनै सर्वसाधारण नागरिकले सर्वोच्च अदालतको आदेश वा अन्य कुनै पनि कानुनी निकायको निर्णय नमानी आफ्नो सवार्थ अनुकूल चल्छु भन्यो भने त्यसका निम्ति संविधान संशोधन हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाउने ठाउँ दिएको छ । निश्चय पनि हाम्रो मुुलुकमा करिब सय प्रकारका भाषा प्रचालनमा छन्, तिनको उचित संरक्षण र संवर्द्धन हुन आवश्यक छ । त्यो राज्यको दायित्व हो ।

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्