ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चिनी अभाव सरकारको काबुबाहिरको समस्या हो

२०७७ जेठ, ४  
१० वर्ष अघि
NA

चिनीको अभाव भएको त्यति लामो समय भएका छैन । दशैं तिहारमा अलिकति समस्या देखिएको थियो । त्यसबाहेक समस्या देखिएको अहिले हो । त्यो पनि छिट्टै हट्छ भन्ने हामीलाई लागेकोे छ ।

नेपालमा माग धेरै छ । उद्योगहरूले माग धान्न सकेका छैनन् । उनीहरूलाई कुन अर्थमा दोषी भन्ने ? व्यापारीले त सामान पाएका न बिक्री गर्ने हो । उनीहरूले सामान पाउनै सकेका छैनन् । कहाँबाट विक्री गरून् ? हाम्रा अवस्था पनि त्यही हो । चिनी किन्न नै नपाएपछि कसरी व्यापारीलाई उपलब्ध गराउने ? त्यस्तै सरकारले पनि सुरुदेखि नै प्रयास गरिरहेको छ । हामीलाई विदेशबाट चिनी आयात गर्नका लगि कोटा तोकिदिएको छ । त्योअनुसार कत्ति    पनि ढिलाइ नगरी हामीले एलसी खोलेका हौं । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले हामीले एलसी खोलेको केही समयपछि नै चिनीको मूल्य कम्तीमा डेढ गुना बढेकाले उनीहरूले चिनी दिन आनाकानी गरिरहेका छन् । त्यसपछि हामीले अर्को कम्पनीसँग सम्झौता गर्‍यौं र अब चिनी अब आउँछ ।

सरकारले प्रयास गर्दा गर्दै पनि बजारमा सहज आपूर्ति हुन सकेको छैन । त्यसैले यसलाई सरकारले काबुबाहिरको समस्या हो भने हुन्छ । तर, अब एक महिनाभित्र विदेशबाट चिनी आएपछि अभाव हट्छ र त्यसले मूल्यमा समेत केही कमी ल्याउनेछ । वितरण प्रणाली भद्रगोल भएको छैन । नेसनल ट्रेडिङले खाद्य सामग्रीहरूको वितरण गर्दैन, चिनीको विक्री वितरण चाहिँ विशेष परिस्थितिको कारण गरेकोे हो ।

(नेसनल ट्रेडिङ लिमिटेडका महाप्रबन्धक लक्ष्मी अग्रवालसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्