ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : चालू आवको ९ महीनामा रू. ४९ करोडका एक्सरे उपकरण आयात, आयातमा उचारचढाव

२०७७ जेठ, ४  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । एक्सरे उपकरण चिकित्सा सामग्रीमा अति महत्त्वपूर्ण उपकरणको रूपमा रहेको छ । त्यसैले चालूू अवस्थामा अस्पतालहरूमा एक्सरे उपकरणको जगेडा पर्याप्त मात्रामा हुनु जरुरी हुन्छ । सामान्य अवस्थामा त एक्सरे उपकरणलाई निश्चित तहभन्दा मुनि जान दिनु हुँदैन भन्ने मान्यता छ भने वर्तमान संकटको पृष्ठभूमिमा येनकेन प्रकारेण एक्सरे उपकरणको मौज्दात कायम राख्नु सबैको कर्तव्य हुुन आउँछ । भन्सार विभागको वेबसाइटमा प्रकाशित तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम ९ महीनामा रू. ४९ करोड बराबरका एक्सरे उपकरण आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा भने रू. ३८ करोड बराबरका यस्ता वस्तु आयात भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्