ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

काठमाडौंमा अलपत्र परेका व्यक्तिलाई धनकुटा ल्याइयो

२०७७ जेठ, ४  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

जेठ ४, धनकुटा । लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका ३६२ जना धनकुटेलीलाई उद्धार गरी जिल्ला ल्याइएको छ । धनकुटाका सात स्थानीय तह तथा धनकुटा–काठमाडौं कोरोना विपद् सहयोग समितिको समन्वयमा उनीहरूलाई ८ ओटा बसमा राखेर जिल्ला ल्याइएको हो । धनकुटा ल्याइसकेपश्चात् स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहले उनीहरूलाई बुझेर लगेका छन् । 

उपचार, अध्ययन तथा रोजगारीको शिलशिलामा काठमाडौंमा रहेका व्यक्तिलाई ल्याउन धनकुटाका स्थानीय तहमार्फत पहल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।

उनका अनुसार अलपत्र परेका व्यक्तिलाई काठमाडौंदेखि धनकुटासम्म ल्याउँदाको यातायात खर्च सम्वन्धित स्थानीय तहले व्यहोरेका छन् । काठमाडौंबाट उद्धार गरि ल्याइएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिने भएको छ । हरेक स्थानीय तहले आ–आफ्नो पालिकाभित्रका नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेका छन् । 

चौविसे गाउँपालिकाले काठमाडौंमा उद्धार गरी ल्याइएका ५३ जना नागरिकलाई गाउँपालिकाले वनाएको क्वारेन्टाइनमा राख्ने भएको छ । गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालका अनुसार हरेक वडामा रहेका सामुदायिक विद्यालय, भवनमा क्वारेन्टाइन वनाइएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उच्च निगरानीमा कम्तीमा १४ देखि २१ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्