ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतले दियो नेपाल सरकारलाई ३० हजार पीसीआर परिक्षण किट

२०७७ जेठ, ४  
समाचार
Image Not Found
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई भारत सरकारद्वारा प्रदान गरिएको कोभिड–१९ क्वालिटेटिभ आरटी पिसिआर टेष्ट ३० हजार कीट हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा ।
author avatar अभियान संवाददाता

जेठ ४, काठमाडौं । भारत सरकारले आइतवार नेपाल सरकारलाई ३० हजार थान पीसीआर परिक्षण किट हस्तान्तरण गरेको छ ।

उक्त सामग्री मन्त्रालयका आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटहरु राजदूत क्वात्राले हस्तान्तरण गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय जनताको तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर टेस्ट गर्न सक्नेछन्’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । औषधि र किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एक साथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने भारतीय दूतावासले बताएको छ ।

दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।’
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्