ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सञ्चालन खर्च बढ्दा प्रोग्रेसिभ फाइनान्सको सञ्चालन नाफा ऋणात्मक 

२०७७ जेठ, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ४, काठमाडौं । चालू आर्थिक वर्षको नौ महीनामा प्रोग्रेसिभ फाइनान्सले रू. २ लाख ८ हजार सञ्चालन घाटा व्यहोरेको छ । 

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ३ करोड ९ लाख २० हजार थियो । यस वर्ष उक्त कम्पनीको कुल सञ्चालन खर्च बढेकाले सञ्चालन घाटा भएको हो । 

गत वर्ष रू.२ करोड ६५ लाख ६७ हजार कुल सञ्चालन खर्च गरेको उक्त कम्पनीले यस वर्ष ९० दशमलव ८२ प्रतिशत बढी रू. ५ करोड ६ लाख ९६ हजार उक्त शिर्षकमा खर्च गरेको हो । 

हाल रू. ८० करोड १० लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ११४ प्रतिशत बढी अर्थात् रू. ६ करोड ८ लाख ८७ हजार कायम भएको छ । 

गत वर्षभन्दा ३९ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ४८ करोड ९७ लाख निक्षेप संकलन गरेको उक्त कम्पनीले २६ प्रतिशत बढी रू. १ अर्ब १७ करोड ८९ लाख कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीको निष्क्रिय कर्जाको अनुपातमा भने कमि आएको छ । 

कम्पनीको यस अवधिसम्म गत वर्ष ३ दशमलव ३९ रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९४ मा झरेको छ । उक्त कम्पनीको तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ४४ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्