ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारी कम्पनीको वित्तीय उद्धारमा साढे ८ अर्ब डलर खर्चदै इन्डोनेशिया

२०७७ जेठ, ४  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ४, जर्कार्ता (इन्डोनेशिया) । इन्डोनेशियाले सरकारी कम्पनीहरुको वित्तीय उद्धारका लागि साढे ८ अर्ब डलरभन्दा बढी खर्चने योजना बनाइरहेको छ । 

कोरोना भाइरसको प्रभाव कम गर्न सरकारले १२ सरकारी कम्पनीको वित्तीय उद्धार गर्दैछ । यसका लागि ८ अर्ब ६० करोड डलर खर्च गरिनेछ । यो रकम नगद क्षतिपूर्ति र कार्यपूँजी लगानीको रुपमा दिइनेछ । 

संसदमा सरकारले कम्पनीहरुको वित्तीय टेवाका लागि १ हजार २८० खर्ब ४० अर्ब रुपिया (८ अर्ब ६३ करोड डलर) उपलब्ध गराउने प्रस्ताव गरेको अर्थमन्त्रालयले मे ११ मा पेश गरेको दस्तावेजमा भनिएको छ । 

प्रस्तावबारे शुरुआती चरणमा छलफल भइरहेको र यसलाई राष्ट्रपति जोको विडोडोले पारित गर्नु पर्ने बताइएको छ । प्रस्तावित रकममध्ये ८५ खर्ब रुपिया राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक गरुड इन्डोनेशियालाई दिइनेछ । 

सरकारले वाणिज्य बैंकहरुको पुनःसंरचनामा मद्दत गर्ने योजना पनि ल्याएको छ । यसका लागि बैंकिङ क्षेत्रमा ३ सय ५० खर्ब रुपिया प्रवाह गरिने प्रस्तावमा भनिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्