ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारी कम्पनीहरु निजीकरण गर्दै भारत 

२०७७ जेठ, ४  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ४, नयाँ दिल्ली (भारत) । भारतले सरकारी कम्पनीहरु निजीकरण गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधि स्थिर भएसँगै गैर–रणनीतिक क्षेत्रका कम्पनीहरु निजीकरण गरिने आइतवार सरकारले बताएको हो । 

सरकारले रणनीतिक क्षेत्रको सूचि निकाल्दैछ । यसमा सरकारी क्षेत्रका एकदेखि चार कम्पनीमात्रै रहने अर्थमन्त्री निर्मला सितारमणले बताएकी छिन् । अधिकांश निजीकरण आगामी आर्थिक वर्षमा हुने बताइएको छ । 

भारले उड्डयनदेखि ऊर्जासम्म विविध क्षेत्रका सरकारी कम्पनीहरुको हिस्सा बेच्ने कोशिश गरिरहेको छ । तर लगानीकर्ताहरुको कमजोर मनोबल र सीमित मागका कारण यो प्रयास सफल हुन सकेको छैन । कोरोना भाइरसको महामारी फैलिन नदिन लगाइएको देशव्यापी बन्दाबन्दीका कारण सरकारी आम्दानी घटेको छ । 

फलतः राज्यहरुलाई कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) ५ प्रतिशतसम्म कर्जा लिने अनुमति दिइएको छ । यसअघि राज्यहरुले जीडीपीको अनुपातमा ३ प्रतिशतमात्रै कर्जा लिन पाउँथे । सरकारले एक वर्षसम्म ताजा दामासाहीमा पनि रोक लगाउने भएको छ । 

कोरोना भाइरसको महामारीका कारण कम्पनीहरु टाट पल्टिने क्रम टार्न यस्तो गर्न लागिएको सितारमणले बताएकी छिन् । दामाशाही ऐन अनुसार कोरोना भाइरसका कारण उत्पन्न आर्थिक कठिनाईले गर्दा कम्पनीहरुले तिर्न नसकेको कर्जा भुक्तानीलाई ‘डिफल्ट’ मानिनेछैन । लघु, साना तथा मझौला कम्पनीहरुका लागि चाँडै नै विशेष दाशासाही समाधान ल्याइने सितारमणको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्