ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारिस

२०७७ जेठ, ४  
समाचार
NA
author avatar अभियान संवाददाता

जेठ ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतवार बसेको समितिको बैठकले संक्रमणको जोखिम कम गर्न  सदस्यहरूले लकडाउन नै उपयुक्त विकल्प भएको भन्दै थप कडाइका साथ लकडाउन थप गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

समितले दिएको सिफारिसका आधारमा लकडाउनको समय र मोडालिटीका बारेमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सोही बैठकले  आधिकारिक निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । 

पछिल्लो पटक थपिएको मिति सोमवार सकिंदैछ । आइतवार बसेको उच्चस्तरीय समितिको बैठकले देशैभर रहेका क्वारेन्टाइनको गुणस्तर सुधार्ने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्